कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र दश पुरुष गरी थप १४ जनाको मृत्यु भएको हो ।
काठमाडौंका तीन र चितवनकी एक महिलाको मृत्यु भएको छ । त्यस्तै, सप्तरी, धनुषा, कास्की, नवलपरासी, प्यूठान, रुपन्देही, पाल्पा र सुर्खेतमा एक एक जना पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।