रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा शुक्रबार मात्रै तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल र एक जनाको भैरहवास्थित आफ्नै घरमा संक्रमितको मृत्यु भएको हो ।

बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररत ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए ।

बुटवल ८ मिलनचोकका उनी ९ दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । उच्च रक्तचापका दिर्घ रोगी रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको हो ।

त्यसैगरी बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ ४ गते निमोनिया उच्च रक्तचाप र मिर्गौलामा गम्भीर समस्या देखिएपछि अस्पताल आएकी भैरहवाकी उनको पनि शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको हो ।

उपचारकै क्रममा स्वाव संकलन गरि पीसीआर परीक्षण गर्दा १६ गते कोरोना पोजिटिभ देखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषको समेत निधन भएको छ । मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाईलाईसिस भईरहेको थियो ।

भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ शाहले बताए ।

आज थप डाईलाईसिस गर्न अस्पताल जाने तयारी गरिरहँदा घरमै निधन भएको शाहले जानकारी दिए । योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने बुटवल उपमहानगरमा ५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी