कोरोना महामारीको बेवास्ता गर्दै ताने युवाहरुले रातो मछिन्द्रनाथको रथ



ललितपुर । रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा विरोध प्रदर्शन गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

अब केही दिनमा नै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भएपनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुले रथयात्र सुनिश्चित गर्नुपर्ने, रथयात्रामा कसैको हस्तक्षेप हुन नहुने लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले तान्ने प्रयास समेत गरेका छन् ।

उनीहरुले रथ रहेको स्थानबाट केहीपरसम्म रथ तानेका थिए । सो क्रममा रथ तान्ने डोरी चुडिएपछि नयाँ डोरी लगाइएको थियो । रथ तान्ने क्रममा सयौको संख्यामा युवाहरु सहभागी भएपछि प्रहरीले माइकिङ गरि कोरोना संक्रमण हुने भन्दै सचेत गराएका थिए ।

आउँदो असोज २ पुरुषोत्तम महिना सुरु हुने र पुरुषोत्तम महिनामा धार्मिक गतिविधि गर्न नहुने भएकोले रथयात्रा आउँदो असोज २ गतेसम्ममा सकाउनु बाध्यताका कारण मच्छिन्द्रनाथका पुजारी, ज्योतिषसहित सरोकारवाला गुथियारहरुले विधिमात्र पूरा गर्ने गरी रथयात्राका लागि खाका पनि तयार गरेका छन् । तर प्रशासनले भने रथ यात्रका लागि अनुमति दिएको छैन ।

गएको चैत २७ गते रातो मन्छिन्द्रनाथको महा स्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना सङ्क्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च