बुटवलमा आइसोलेसनमा रहेकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो ।

उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार साँझ जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
उपचारकै क्रममा महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैदेशिक रोजगार छाडेर रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित

हेटौँडा (मकवानपुर) । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम

बागलुङका ६ स्थानीय तहले बनाए आफ्नै ‘सिंहदरबार’

बागलुङ । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र

हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास

सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौँ। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो