भूजुङखोलामा आएको बाढीले बागलुङको ढोरपाटनका एक दर्जन भन्दा बढी मानिस बेपत्ता



बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भूजुङखोलामा आएको बाढीले दर्जनौ बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ठाउँमा गएको पहिरोसँगै भूजुङ खोलामा आएको बाढीले १७ जना सम्पर्कबिहीन भएका र थप मानिसहरु हराएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।

बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

ढोरपाटन नगरपालका ९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

त्यसैगरी विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथिमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी

बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोल्ने यात्रुलाई दुईलाख जरिवाना

बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक एक लाख जरिवाना काठमाडौँ

टिपरको ठक्करबाट तारकेश्वरमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती