निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन पर्यटन मन्त्रालयको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो ।

बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ । हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ । अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च