कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको मृत्यु
भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि बुटवल आएकी उनलाई बेड अभावका कारण भदौ १५ गते भीम अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।
नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गएराति राति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले जानकारी दिए ।
ती महिलाको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह, उक्त रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।