विदेशबाट उद्धार गरी ल्याइएका नेपालीलाई गन्तव्यसम्म पुर्याउन पनि पहुँचका सवारीसाधनलाई मात्रै अनुमति !



काठमाडौं । विदेशबाट उद्धार गरेर स्वदेश ल्याइएका नेपालीलाई गन्तव्यसम्म पुर्याउन सरकारले केही कम्पनीका गाडीलाई मात्र अनुमति दिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।

होल्डिङ सेन्टरबाट देशका बिभिन्न स्थानमा नेपालीहरुलाई पुर्याउन पहुँच भएका व्यक्तिका कम्पनीका गाडीलाई मात्र अनुमति दिइएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । विदेशबाट उद्धार गरी ल्याइएकालाई निश्चित समयसम्म होल्डिङ सेन्टरमा राखेपछि होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पुर्याउने काम पनि सरकारले गर्दै आएको छ ।

सो क्रममा सवारी भाडा पनि लिने गरिएको छ । मंगलबार काठमाडौंका बिभिन्न होल्डिङ सेन्टरमा पुगी केही व्यवसायीहरुले आफूहरुको सार्वजनिक सवारीसाधनलाई पनि प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन् । उनीहरुले पहुँचका भरमा कुनै कम्पनीका गाडीलाई मात्र सञ्चालन गर्न दिनु मान्य नहुने भन्दै विरोध जनाए ।

आफूहरुको विरोधपछि सम्बन्धित पक्षले छलफलमा बोलाएको उनीहरुले जानकारी दिएका छन् । यसअघि विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई गन्तव्यसम्म पुर्याउँदा सवारी भाडादरमा ठगी गरिएको गुनासो आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको