कोरोना संक्रमणबाट काठमाडौंका ७८ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए ।