इलाका प्रहरी कार्यालय बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै ईलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ ।

यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परिक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

स्वाव संकलन गरेर पठाईएका मध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परिक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । स्वाव संकलन गरिएका ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ईलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको