दर्शनशास्त्र मानव जीवनको लागि अपरिहार्यः डा. श्रीधरण



काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्रको आयोजना र समग्र प्रज्ञाआदि संस्थाको सहआयोजनामा एकदिने “दैनिक जीवनमा दर्शनशास्त्रको महत्व” विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रवचनमा भारतको वरोदा विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक सुप्रसिद्ध दार्शनिक प्रा.डा. गिरिशकुमार श्रीधरण प्रमुख वक्ताको रुपमा रहनु भएको थियो । त्यसक्रममा उहाँले दर्शनशास्त्र मानव जीवनको लागि अपरिहार्य रहेको भन्दै सही अर्थमा मानव जीवनको अर्थ बुझ्न र सार्थक बनाउनका लागि मानिसहरुलाई उत्साहित बनाउने कुरालाई प्रष्ट पार्नुभयो ।

कार्यक्रमको संचालन दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य दर्शनशास्त्री रवि गुरागाईँले दिनु भएको थियो । कार्यक्रममा देशविदेशका ७० जना भन्दा बढीको सहभागितामा प्रश्नोत्तर समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको