कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु



काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला

बनेपा । काभ्रेको बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । बनेपा

भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा सामान्य क्षति, छैनन् ठूलो क्षतिका घटना

काठमाडौं । भूकम्पबाट जिल्लामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय

दाङको धारपानी धाम

दाङको घोराही उपमहानगरपालिका-५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको