वीरगंज महानगरपालिकाका मेयर सरावगीका पिताको निधन



काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तर उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मुटु र मृगौलामा जटिल समस्या देखिएपछि पिताको अतिसघन कक्षमा राखेर उपचार भइरहेकोमा आइतबार राति निधन भएको मेयर सरावगीले सामाजिक संचाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले पिताको आज बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको