कोरोना संक्रमणबाट नवलपरासीका ६२ वर्षीय पुरुषको मृत्यु



चितवन । चितवनमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी(बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन