पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु



पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसनमा उपचाररत ३० बर्षीया महिलाको शुक्रवार राति मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ ।

तानसेन नगरपालिका वडा नम्बर ८ की ३० बर्षीया महिलामा भदौ ७ गते कोरोना सक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजको आईसोलेसनमा लगिएको थियो । उनको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्ष(आइसियु)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको लुम्विनी मेडिकल कलेजले जनाएको छ ।

कुनैपनि टाभल हिस्ट्री नभएकी महिला भदौ ५ गते मुटु सम्वन्धी समस्या भएपछि उपचारको लागी लुम्विनी मेडिकल कलेज आएकी थिईन् । सक्रमणको लक्षण देखिएपछि अस्पतालले स्वाव संकलन गरी परीक्षणको लागी भैरहवास्थित प्रादेशिक कोभिड परीक्षण केन्द्रमा पठाएको थियो ।

मृतक महिलाका श्रीमान् र छोरामा भने परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बिहीबार मात्र ति महिलाको सम्पर्क विवरणको आधारमा समुदायस्तरमा ६० जनाको स्वाव संकलन गरी परीक्षणको लागी पठाईएको छ ।

कोरानाको उपचारका क्रममा पाल्पामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि भारतबाट आएका पूर्वखोला गाउँपालिका वडा नंम्बर १ का ४५ बर्षीय पुरुषको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पाल्पामा अहिले सम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएको छ । ति मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

गोरखा। बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध

खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ