विदेशबाट ४९० नेपाली स्वदेश फिर्ता



काठमाडौं । विदेशमा अलपत्र ४९० नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ ।

पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौँ ल्याउनेछ । जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ । त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौँका लागि चार्टर्ड उडान गर्नेछ ।

नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ । आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा