अस्पताल नभएका ६४९ तहमा पाँच शैयाको अस्पतालको तत्कालै सेवा शुरू हुने, ६४ करोड बजेट निकासा



काठमाडौं । स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा सुरु गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

यो निर्णयसँगै अस्पताल नभएका ६४९ स्थानीय  तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । त्यसका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै ६४ करोड रुपैयाँ निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो । निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी आजै मन्त्री ढकालले नीतिगत निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी