कोरोना संक्रमणबाट झापामा ८३ वर्षीय बृद्धको मृत्यु
झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खाका कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिइन् ।
झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह परीषका लागि स्थानीय अस्पताल गएका थिए । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छिन् ।