कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिला र तीन पुरुष गरी थप आठ जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा एक एक महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।