भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु
बुटवल । भैरहवास्थित भीम अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको सोमबार राति मृत्यु भएको छ । भवन निर्माणको क्रममा लडेर गम्भीर घाईते भएका रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर तीनका ५० वर्षीय पुरुषमा कोरोनाको समेत संक्रमण देखिएको र उनको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भवन निर्माणको क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेका उनलाई कोरोनाको समेत संक्रमण देखिएको र उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
उनको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा स्वाव परीक्षण गर्दा भदौ ५ गते कोरोनाको समेत संक्रमण देखिएपछि सोमबार उनलार्य भीम अस्पताल पठाईएको थियो । भीम अस्पतालमा उपचार गर्दागर्दै सोमबार राति ११ बजे उनको मृत्यु भएको गिरीले जानकारी दिए ।