घरघरमा गएर स्वाब संकलन नगर्न निजी प्रयोगशालाहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशन
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षण अनुमति पाएका निजी प्रयोगशालाहरूलाई घरघरमा गर स्वाब संकलन नगर्न निर्देशन दिएको छ । प्रयोगशालाले सूचना जारी गरी कोरोना छ छैन भन्ने पत्ता लगाउन चाहने सबै जनाले अनिवार्य तोकिएको स्वास्थ्य संस्थामै स्वाब दिनुपर्ने जनाएको हो ।
त्यसैगरी केही दिनयता केही स्वास्थ्य संस्थामा पीसीआर परीक्षणका लागि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ भन्दा बढी रकम लिएको सूचना आएको भन्दै प्रयोगशालाले बढी रकम नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।