कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार अस्पतालमा उपचाररत बुटवलकी ६७ वर्षीया महिलाको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । साउन ३१ गत कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ ।

त्यस्तै रुपन्देहीकै समसरीमाई २ मुडुलाका ३८ वर्षीय पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भदौ १ गते संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको पनि आइतबार दिउसो १ बजेर दश मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालमा अझै १४ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । जसमध्ये थप ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौँ । काठमाडौँको सतुंगललगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । नेपाल विद्युत्

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

तुलसीपुर ।  दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए। ‘हाइटेन्सन’ लाइन नै खाली

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि