वीरगंजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु



वीरगंज । गत साउन २४ गतेदेखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर –११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ती महिलाको साउन २२ गते स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्य अवस्था झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर उपचारका क्रममा उनको शनिबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार

बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौँ । काठमाडौँको सतुंगललगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । नेपाल विद्युत्

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

तुलसीपुर ।  दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए। ‘हाइटेन्सन’ लाइन नै खाली

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ