कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । साउन ३२ गते भरतपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी हेटौंडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
यसअघि हेटौंडा ४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो उनको मृत्युपश्चात कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।