विराटनगरमा ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितको मृत्यु



विराटनगर । विराटनगरमा ‘होम आइसोलेसन’मा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबारदेखि होम आइसोलेनमा बसेका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएकोमा बुधबार संक्रमित पुष्टि भएको थियो । कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसन’मै राखिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको बताइएको छ । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ । विराटनगरमा हालसम्म कोरोना कारण ९ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।