भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभए आन्दोलनमा उत्रिने संघको चेतावनी



काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशायी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

सङ्घले बुधबार विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर