कोरोना संक्रमणबाट पाटन अस्पतालमा जनकपुरकी महिलाको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
आइसीयूमा उपचाररत उनको गएराति मृत्यु भएको हो । उनी मेनेन्जाइटिसको समस्या देखिएपछि साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।