कोरोना संक्रमणबाट पोखराका एक पुरुषको मृत्यु
काठमाडौं । कास्कीमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगपालिका वडा नम्बर १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा साउन १७ गते भर्ना भएका उनमा डायविटिजको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । पछि कोरोना पोजेटिभ देखिएको उनको गएराति मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।