प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार बिहान बालुवाटारबाट प्रधानमन्त्री, संसदीय दलका उपनेता सुवास नेम्वाङ कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फे, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिएका छन् ।