अर्कै समूहको रगत चढाउँदा जनकपुरमा सुत्केरी महिलाको मृत्यु, दुई चिकित्सक पक्राउ



जनकपुरधाम । रगतको समूह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको शुक्रबार मृत्यु भएको हो ।

ती महिलालाई ‘ओ’ पोजेटिभ रगत समूहको दिनपुर्नेमा ‘बी’ पोजेटिभ रगत समुहको रगत अस्पतालले चढाउँदा शुक्रबार बिहान गंगादेवीको मृत्यु भएको हो । सुत्कोरी महिलालाई व्यथा लागेपछि बिहीबार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियामार्फत गंगा देवीले छोरी जन्माइन् । पछि शरीरमा रगत अभाव भएको र थप अपरेशन गर्नुपर्ने आवश्यकता देखिएपछि चिकित्सकले रगतको माग गरेका थिए । अस्पतालले सुत्केरीको रगत नमुना सहित रक्त सञ्चार केन्द्र जनकपुरमा रगत ल्याउन परिवारजन गएका थिए ।

केन्द्रले सुरुमा बी पोजेटिभ समूहको रगत पठाएको थियो । सो रगत रामजानकी अस्पतालले चढाउँदा गंगा देवीलाई केही असहज देख्नासाथ चिकित्सकले तत्कालै रगत बन्द गरी परीक्षण गरेर अर्को ओ पोजेटिभको रगत समुह ल्याउन भन्दै पुनः रक्त सञ्चार केन्द्र पठाएका थिए । त्यसको केहीबेरमै सुत्केरीको मृत्यु भएको मृतकका पति राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै नमुना लिएर रक्त सञ्चार केन्द रगत ल्याएको तर सोहीमध्येको एउटा पोका बी पोजेटिभ रगत परेको र त्यसैलाई चिकित्सकले चढाएपछि श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसको लापरवाहीको कारणले मारिएको भन्दै कारबाहीको माग गरेका छन् ।

२२ वर्षीया गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोरले उनलाई लिएर महोत्तरीको बर्दिवासस्थित स्वस्तिक अस्पतालमा चेकजाँच गराउनका लागि पुगेका थिए । सो अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमाको स्वास्थ्य अवस्था कमजोर रहेकाले शल्यक्रिया नै गर्नु पर्ने सुझाएका थिए । चिकित्सकको सल्लाहअनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकका देवर रामहरि महतोले बताए ।

उनले बिहीबार अपरान्ह ४ बजे अस्पतालमा भाउजुलाई भर्ना गराएको बताए । यहाँ पनि गाइनोलोजिष्ट चिकित्सक शैलेन्द्र साहले शल्यक्रियामार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोही अनुरुप शल्यक्रियाको प्रकृया अगाडी बढाइएको रामहरिले बताए । शल्यक्रियापछि गंगा देवीले छोरी जन्माएकी थिइन् ।

यसअघि नै गंगा देवीलाई रगतको खाँचो पर्ने भन्दै एक पिन्ट रगतको पोका व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि रक्त सञ्चार केन्दतर्फ गएका थिए । चिकित्सकहरुले गंगा देवीको रगतको नमुना सहित रगत ल्याउन भनेका थिए । रेडक्रस सोसाइटीले गंगाको रगत समुह बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि रगत समुह सोही रहेकाले उनले श्रीमतीका लागि एक पोका रगत दिए ।

रक्त सञ्चार केन्दले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको रामजानकी अस्पताल प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले भने । पछि अस्पतालकै ल्याबमा सुत्केरी महिलाको रगतको परिक्षण गर्दा ओ पोजेटिभ ठहरिएको थियो ।

पछि रगत लिन जाँदा रेडक्रसले पनि ‘ओ पोजिटिभ’ रगत नै रहेको भनेको गुप्ताले बताए । उनले भने– ‘बी पोजिटिभ रगत समूह ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरि कसरी ओ पोजेटिभ ठहर गरियो हामीलाई थाहा छैन । हामीले ल्याबमा जाँच गरेपछि मात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौँ । यो हाम्रो लापरवाही होइन रेडक्रस सोसाइटीको लापरवाही हो ।’

गंगादेवीको मृत्यु भएपछि परिवारजन आक्रोशित छन् । मृतकका ससुरा अजवलाल महतोले भने– ‘दोषीलाई कारबाही नभएसम्म हामी चुप्प लागेर बस्दैनौँ ।’

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भइरहेको र कहाँ गल्ती भएको हो भन्ने विषयमा बुझिरहेको प्रतिक्रिया दिए । जनकपुरधामको प्याथोलोजी रिपोर्टमाथि पटक–पटक प्रश्न चिन्ह खडा हुँदै आइरहेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अघि रगत समुहको परिक्षण जाँच गराउँदा बी पोजिटिभ रगत समुह रहेको रिपोर्टमा भनिएको छ । तर अहिले आएर सोही महिलाको रगत समुह जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ । यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसँग कुरा गर्दा उनले रेडक्रसकै गल्ती रहेको जिकिर गरे । उनले आफ्नो ल्याबको रिपोर्ट सही रहेको ठोकुवा नै गरे ।

‘हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’
यसबारे गम्भीर छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषी देखिनेलाई कारवाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

‘क्षणिक स्टन्टवाजी गर्ने र विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं’

डा. बाबुराम भट्टराई नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने