मोरङका दुई कोरोना संक्रमितको मृत्यु



विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । मृतक दुबै पुरुष मोरङका हुन् । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार मृतकमध्ये एक मोरङ रंगेली दर्वेसाका हुन् । ४५ बर्षीय उनलाई उपचारका लागि कोशी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृतकको स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको दासले बताए । उनलाई मंगलबार राति नै अस्पतालमा ल्याइएको थियो ।

त्यस्तै विराटनगर ९ निवासी ४५ बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार राति उपचारका लागि अस्पतालमा भर्ना भएको केही घण्टामा उनको पनि मृत्यु भएको थियो । मृत्युपछि स्वाब लिएर परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको दासले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएपश्चात दुवैको शवको ब्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिएको दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको

प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व