वीरगंजमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
वीरगंज । वीरगंजमा उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । तर उनको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । त्यसपछि शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।