अख्तियारका १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि एक सय ८० जनाको स्वाब संकलन गरेकोमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएपछि स्वाब संकलन गरिएको थियो । प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो ।