मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई निर्मम कुटपिट गर्ने नेपाली नै
काठमाडौं । मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गर्ने पनि नेपाली नै भएको खुलेको छ । ड्युटीमै रहेका बेला नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको दृष्य केही दिनअघि सामाजिक संजालमा भाइरल भएको थियो ।
सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली दूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पीडित र पीडक दुबै नेपाली भएको खुलेको दूतावासले जनाएको छ ।