काठमाडौँ महानगरपालिकाका कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कटौती, अन्य क्षेत्रको अध्ययन गर्न समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धनको परिमाण, खाजा खर्च घटाएर तथा भत्ता कटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको खर्च कटौती सम्बन्धि बैठकले यस्तो निर्णय गरेको हो ।
महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यसप्रकारको निर्णय गरेका हौं । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘सरकारको खर्च मितव्ययी सम्बन्धि नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धि सुझावलाई आधार मानेर हामीले महानगरको खर्च कटौती गर्ने निर्णयमा पुगेका हौंं।’

साउन महिनाबाटै लागू हुने गरी गरिएको निर्णयमा फोहोरमैला व्यवस्थापनमा खटिने चालक र कुचीकार तथा कोभिड — १९ नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई महाशाखा प्रमुखको शिफारिसमा शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने अन्य सबैको भत्ता कटौती गर्ने निर्णय गरिएको छ ।

बैठकले साउनबाट प्रमुख प्रशासकीय अधिकृतको मासिक इन्धन १०० लिटर, सहसचिवको ८० लिटर, बिभागीय प्रमुख/महाशाखा प्रमुख र महानगरका सवारीका लागि ७० लिटर र मोटरसाइकल प्रयोगकर्ताका लागि १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ । प्रशासन बिभागका प्रमुख नमराज ढकालकाअनुसार यसअघि प्रमुख प्रशासकीय अधिकृतका लागि १२० लिटर, सहसचिवका लागि १०० लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । यसै गरी बिभागीय प्रमुखहरुका लागि ८० लिटर तोकिएको थियो तर थप माग गरेर १०० लिटरसम्म लिने गरेको देखिन्छ । ढकाल थप्दै भन्छन्- अब कुनै सवारीले थप इन्धन लिनु पर्यो भने लगबुक भरेर किलोमिटरका आधारमा मात्र उपलब्ध गराइनेछ ।

यस अघि कार्यपालिका बैठकको खाजा खर्च २५० रुपैयाँ थियो । त्यसलाई घटाएर १५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी इन्धन उपयोगका बिषयमा अध्ययन गर्न यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिको सदस्यमा इञ्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपार्ने गर्नेमाथि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिनामाथि कारबाही, मुकुलको कारबाही फिर्ता लिन माग गरेको अभियोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट। हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।