काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आइतबारबाट कार्यप्रारम्भ गरेका छन् । आइतबार सिंहदरबारस्थीत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तदर्थ समितिका पदाधिकारीहरुलाई नियुक्तिपत्र प्रदान गरेपछि उनीहरुले कार्यप्रारम्भ गरेका हुन् ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्य मध्येबाट डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । नियुक्तिपत्र प्रदान गर्दै मन्त्री गुरुङले रेडक्रसभित्र बसेर गलत काम गर्नेलाई कारवाही गर्ने बताए ।
उनले संस्थाभित्र राजनीतिक खोल ओडेर समाजसेवामा लाग्ने काम नगर्न चेतावनी दिए । नवगठित तदर्थ समितिले छिटै नयाँ निर्वाचित कार्यसमिति गठन गर्ने उनको विश्वास थियो ।
त्यस्तै नवगठित तदर्थ समितिका अध्यक्ष तिम्सिनाले रेडक्रसप्रतिको समाजमा रहेको धारणा परिवर्तन गर्नुपर्ने बताए ।

प्रतिक्रिया