आरडिटी परीक्षण बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आरडिटी परीक्षण बन्द गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न सबै प्रदेशका स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।

आरडिटी परीक्षण नगर्न लामो समयदेखि सरकारलाई दवाव परेको थियो । त्यसपछि सरकारले आरडिटी परीक्षण बन्द गरेको हो । त्यसैगरी पछिल्लो समय धेरै कोरोना संक्रमण फैलिएको वीरगंज र जनकपुरमा समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली टोली पठाइएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

गौतमले काठमाडौंमा कोरोना संक्रमणबाट जोगिन ६० वर्ष माथिका र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले कोरोनाबाट जोगिन सबैलाई स्वास्थ्य सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।