कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी, झाडापखाला र ज्वरोका बिरामीको पनि पीसीआर विधिबाट परीक्षण गरिने



काठमाडौं । अब ज्वरो, झाडापखाला जस्ता समस्या भएका विरामीको पनि कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको हो ।

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हो । त्यस्तै बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ ।

नयाँ निर्देशिकाअनुसार कोरोना संक्रमितको उपचार र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी एवम् कर्मचारी, १४ दिन क्वारेन्टाइनमा बसी कोरोना संक्रमण उच्च जोखिम रहेको क्षेत्रमा फर्केका व्यक्तिहरू, आइसीयूमा भएका सबै बिरामी र विशेषगरी ६० वर्ष उमेर पार गरेकाहरू र चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको पनि पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेछ ।

त्यस्तै स्थल तथा हवाईमार्गको प्रयोग गरी विदेशबाट आएका सबै मानिसहरूले अब कोरोना संक्रमण भए। नभएको पुष्टि गर्न परीक्षण गराउनुपर्नेछ । मन्त्रालयले जारी गरेको निर्देशिकामा कोरोना परीक्षणका लागि विभिन्न १० वटा मापदण्ड निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी,

हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो