कोरोना संक्रमणबाट वीरगंजमा थप एक महिलाको मृत्यु
वीरगंज । कोरोना संक्रमणबाट वीरगंजमा थप एक जनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका– १६ नगवाकी महिलाको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले जानकारी दिए ।
अस्पतालका अनुसार ती महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । डा.सिंहका अनुसार वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको थियो ।