वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ’तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु ।’ उनी चार दिनअघि काठमाडौं आएका थि ए। बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो । उनले वीरगन्जमा संक्रमण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।