अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशित गर्न बाँकी भएका सबै शैक्षिक संस्थालाई नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना कार्यक्रम अघि बढाउन पनि सरकारले भनेको छ ।

साथै पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्ने निर्णय पनि सरकारले गरेको छ। शिक्षा मन्त्रालयले पठनपाठनका लागि कार्य ढाँचा बनाउने काम गरिरहेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

यसैगरी अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने निर्णय पनि सरकारले गरेको छ। बनाइएका छन भने हटाउने र संक्रमित बसेका भए निर्मलीकरण गर्ने उनले बताए ।

साथै विद्यालयमा कोभिड १९ सँग सम्बन्धित कुनै संरचना नवनाउने निर्णय पनि सरकारले गरेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा