लागूऔषध र मानव बेचविखन मुद्दाका फरार अभियुक्त पक्राउ



काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका २ ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले १ वर्ष ९ महिना २६ दिन कैद र १ लाख १ हजार ५ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

सुनसरी, मानव बेचबिखन तथा ओसार पसार मुद्धाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-११ ठाडो सोलिङ बस्ने ३९ वर्षीय पुष्प परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंको समन्वयमा र ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिक -११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट ल्याइने

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ