सुरक्षाकर्मी, कैदीबन्दीसहित वीरगंजमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज । वीरगंजमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित मध्ये २० जना वीरगंजकै छन् ।
नेपाली सेनाका एक जना, प्रहरी ३ जना, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी र एक जना स्वास्थ्यकर्मीमासमेत कोरोना संक्रमण देखिएको छ । ५० शैया क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना कोरोना संक्रमितलाई राखिएको छ ।