नारायणकाजी श्रेष्ठ ।
हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं।यो बिधिको बिषय हो।पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन। फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्छौं।
सिधा,खुला र स्पष्ट छलफल द्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ।कमरेडहरु! शान्त होऔं,विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठुलो मेहनत गरेर र महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन,फुट्न दिईदैन र फुट्दैन।


प्रतिक्रिया