बझाङका एक पुरुषको मृत्युपछि कोरोना पुष्टि, मृतकको संख्या ४९



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बझाङको बुंगल गाउँपालिकाका ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनको गत साउन ९ गते घरमा मृत्यु भएको थियो । पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखिएको हो । दमका समेत रोगी रहेका उनी गत असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए । उनी १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए । तर गत साउन ९ गते उनको घरमा मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

आगामी साता वर्षा हुने विभागको पूर्वानुमान

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा । बाजुराको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन