कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भारतको पत्राचार



काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक लगाएको हो ।

नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै भारतको धार्चुला प्रशासन कार्यालयले त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । त्यहाँ अहिले बाटोको ट्रयाक खोल्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई