कोरोना संक्रमणबाट धनुषाको डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु



जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ । अत्यधिक ज्वरो, रुघाखोकी लागेपछि उनी शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनलाई फोक्सो र मुटुमा समेत समस्या थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि जनकपुरबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले जानकारी दिएका छन् । उनको आइतबार बिहान स्वाबको नमुना लिई प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षण नतिजा पोजिटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई