सीमानाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आइतबार पिसीएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउनेहरुको रहेको उल्लेख गर्दै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरुसंग सुझाव समेत लिएका छन् । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेका कामकाजको प्रगति बारे जानकारी लिँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई