सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने नेता कर्णको चेतावनी



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको सम्बन्धमा प्रचण्डले दिएको अभिव्यक्तिमा सत्यता भएको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा उनले नेकपा एमालेकै नाममा आयोगमा दल दर्ता भएको बिषयले प्रश्नहरु खडा भएको बताए । उनले उक्त बिषयमा पार्टीभित्र अनुसन्धान हुनुपर्ने बताए । गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै सरकारको कामकारबाहीमा कमीकमजोरी भए सुधार गरेर लैजानुपर्ने तर्क गरे ।

मुलुकमा कोरोना महामारी, बाढी÷पहिरो र डुबानलगायतका विपत्ति विद्यमान रहेकोले सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । अन्तर्राष्ट्रिय शक्तिले नेपाललाई अस्थिर बनाउने र अराजकता पैदा गराउन खोजिरहेको उनले दाबी गरे ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने बताए । सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजिभैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उनले बताए ।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिए ।

कोरोनाले भन्दा बढी मानिस बाढी÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गर्दै विपद्मा सरकारले केही गर्न नसकेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

दमौली (तनहुँ) । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा