आफूले मन पराएकी केटीले अर्कै केटालाई मन पराएपछि एसिड आक्रमण



काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार बेलुकी एक युवतीमाथि एसिड प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरी तेजाव हानेर फरार भएका दुवैजनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ परेका थिए । उनीहरुलाई ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफूहरुले मन पराएकी केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको उनीहरुले बताएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

एसिड प्रहार गर्दा चिन्ने हुनाले मोहम्मदले कामदार मुन्नालाई प्रयोग गरेर ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट घाइते भएकी युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशनबाट एकीकृत समाजवादीको कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय निर्वाचित हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति

झापाको गौरीगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु

काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक सुरु

  काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको छ

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।